अपाङ्ग प्रतिभा अवार्ड २०२० काे तिब्र तयारी हुँदै



काठमाडौं ।अपाङ्गहरुका लागि लक्षित गरेर अपाङ्ग प्रतिभा ( डिफरेन्टली एबलड टेलेन्ट) अवार्ड २०२० काे तिब्र तयारी भएको छ। दिव्यज्योती फाउन्डेसन नेपालको आयोजनामा उक्त अवार्ड गर्न लागेको कार्यक्रमका संयोजक विश्व साइकल यात्री चित्र पौडेलले कालिञ्चाेक अनलाईन लाई जानकारी दिएका छन ।

पौडेलका अनुसार बैशाख महिनामा आवेदन खुल्ला गरिने छl सातवटै प्रदेशबाट फरक क्षमता भएका विभिन्न बिधाका टेलेन्टहरु छनौट गरि काठमाडौमा फाइनल कार्यक्रमको आयोजना हुने छ । बैशाखबाट आबेदन अनलाइन मार्फत खुल्ला हुने छ भने विभिन्न मिडियाबाट कार्यक्रमको बारेमा जानकारी समेत हुने छ । जुनसुकै उमेर र प्रतिभा भएका अपांगहरुले आफ्नो कला प्रस्तुत गर्न सक्ने छ्न ।बिस्वमै पहिलो पल्ट हुने अपांग प्रतिभा अवार्ड २०२० लाई सफल पार्न आयोजकले सबैलाई आह्वान समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस