दरवाङमा टेलिफोन सेवा विस्तार



 काठमाडौं, ९ वैशाख । सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ ।

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो ।

टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिए ।