दोलखामा लगानी सम्मेलन हुँदै



दोलखा।फागुन ४,संघिय राजधानि काठमाडौ देखि छोटो दुरिमा रहेको पूर्बि हिमालि जिल्ला दोलखामा जिल्लाको सबै क्षेत्रलाई समेट्ने गरि पहिलो पटक लगानि सम्मेलन गरिने भएको छ ।बिकाश र समृद्रिका लागि ठुलो लगानि भित्राएर जिल्लाको बिकाश गर्ने उदेश्यले सम्मेलन गर्न लागिएको हो ।कच्ची सडकका कारण काठमाडौँ देखि नजिकको जिल्ला भएपनि बहुराष्ट्रिय कम्पनि र लगानि कर्ताको नजर नपुगेको हुदा दोलखा उद्मोग बाणिज्य सँघको आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा दोलखाका नौ स्थानिय तहहरु सम्भावित योजनाहरु छनोटमा परेका छन ।निजि क्षेत्रको तर्फबाट दोलखा उद्मोग बाणिज्य संघले जिल्ला भित्रका प्रमुख योजनाहरुलाई बढि प्राथमिकता दिएर अघि सार्ने तयारि गरेको उद्मोग बाणिज्य संघ दोलखाका अध्यक्ष्य इन्द्र बहादुर क्षेष्ठले बताए ।अध्यक्ष्य क्षेष्ठका अनुसार फागुन २१ गते देखि ३० गते सम्म हुन लागेको बृहत दोलखा महोत्सबको उत्सबको उदघाटनकै दिन लगानि सम्मेलनको पनि औपचारिक रुपमा उदघाटन गरिने जानकारि दिए ।

दोलखा जिल्ला जलबिद्मुत आयोजनाको सँगै उर्वर जिल्ला भएको हुदा यस क्षेत्रमा लगानि गर्न प्रमुख लगानिकर्ता लाई लगानि गर्न जलबिद्मुतको उत्पादन सम्बन्धि सम्मेलनमा छलफल र प्रस्ताब गर्दै जिल्लाका अन्य लगानि गर्न नसकिएका क्षेत्रहरु जस्तै सुविधा सम्पन्न होटल, आधुनिक कृषि प्रणलिको उत्पादन ,जिल्लामा पहिचान हुन नसकेका जडिबुटिको उद्मोग प्रर्यटक लगायत अन्य क्षेत्रमा सम्बाभित योजनाहरु तयार पारिएको दोलखा उद्मोग बाणिज्य संघका महासचिब हेम राज रिमालले आर्थिक दैनिकलाई बताए ।उनका अनुसार लगानि सम्मेलन र बृहत दोलखा महोत्सबका लागि संघले नेपाल उद्मोग बाणिज्य महासंघ सहित देशका बिभिन्न नगर तथा जिल्लाका उद्मोग बाणिज्य संघमा पुगेर परामर्श गर्ने काम भइरहेको बताए ।नेपालका सबै प्रदेशका जिल्लामा रहेका संघलाई आगामि फागुनमा हुने लगानि सम्मेलनको बारेमा समन्वय गरिरहेको बताए ।

करिब १५ दिन पछि सुरु हुने लगानि सम्मेलन र महोत्सबमा नेपाल उद्मोग बाणिज्य संघका पधातिकारि नेपालका चर्चित ब्यबसायि बिनोद चौधरिले पनि लगानि सम्मेलनको अबलोकण गर्ने चासो देखाएको उद्मोग बाणिज्य संघ दोलखाले जनाएको छ ।दोलखामा पहिलो पटक हुन लागेको लगानि सम्मेलन २०७६ मा धेरै लगानि कर्ता भित्रयाएर समग्र जिल्लाको बिकाश गर्न यस लगानि सम्मेलनले सहयोग पुयाउने लक्ष्य रहेको बोर्डका सदस्य बालकृष्ण शिबाकोटिले बताए ।उनका अनुसार जिल्लाका केहि मेघा प्रोजेक्ट निर्माणका लागि बोर्डले अध्ययन गरिरहेको जनाउदै संघले आयोजना गर्ने सम्मेलन बिकाशका लागि अर्को कोशेढुङगा साबित हुने जनाएका छन । यसै बिच उद्मोग बाणिज्य संघ दोलखाले करिब एक दशक पछि हुन लागेको बृहत महोत्सबको तयारि अन्तिम चरणमा पुगेको बताएको छ ।संघले दुई दर्जन भन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरु ल्याएर महोत्सब सगै लगानि सम्मेलन सुरु गर्ने महोत्सबका संयोजक धनराज तामाङले बताए ।


प्रतिक्रिया दिनुहोस