फेन्सिङ च्याम्पियनसिप पदक विजेता खेलाडी सम्मानित



काठमाडौं । नेपाल फेन्सिङ संघले थाइल्यान्डमा भएको सीयू फेन्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।टिम इपीमा अनिता कार्की, जानुका स्याङ्तान र सीता पाठकले रजत जितेका थिए । प्रत्येकले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे । व्यक्तिगत इपीमा पनि कांस्य जितेकी अनिता थप १० हजार नगदबाट पुरस्कृत भइन् ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।सोही अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता फेन्सिङका खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस