आश्चर्यजनक रुपमा ड्याम्मै एकता हुन्छ प्रचण्ड



 

काठमाडौं, ९ वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच आश्चर्यजनक रुपमा एकता हुने बताएका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘तिथिमिथि तोकेको दिन एकता हुँदैन । एकता हुन नदिने थुप्रै शक्ति छन् । मिति नतोकिकनै एकता हुन्छ र गरिन्छ । तपाईहरुलाई आश्चर्य चकित पार्ने गरी ड्याम्मै एकता हुन्छ ।’

‘चुनावअघि ओलीसँग पहिले त चुनावी तालमेल गरेर जान सकिन्न कि भनेर र पछि त्यसले मात्रै हुँदैन भनेर छलफल गरेको थिएँ’ प्रचण्डले भने, ‘अबको गन्तव्य समाजवाद भएको र दुवै पार्टी एकता अबको विकल्प हो भनेर हामी अघि बढेका हौँ। मैले वा केपीजीले अलिकति पनि दायाँबायाँ गर्यो भने जनताले छुट दिने छैन।