कर कार्यालय दोलखाको चरिकोटमा



दोलखा।फागुन ११, दोलखाका स्थानीय कर दाताले कर तिर्नको लागि काठमाडौ धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।दोलखा उद्योग वाणिज्य संघ र जिल्लावासिको पहलमा आगामी चैत एक गते देखी दोलखाको सदरमुकाम चरिकोटमा आन्तरिक राजस्व कार्यालयको चरिकोटमा स्थापना गरिने भएको छ।

दोलखामै कर कार्यालय राखेर राजधानी पुगेर गर्नुपर्ने सम्पुर्ण करको काम अब जिल्ला बाटै गरिने भएको छ।शुक्रबार र सनिवार आयोजना गरेको करदाताहरुको संयुक्त कर तालिममा आगामी चैत १ गतेदेखी सेवा सुचारू गर्ने गरि कर कार्यालयको स्थापना गर्न लागिएको उद्योग वाणिज्य संघ दोलखाका महासचिव हेमराज रिमालले जानकारी गराएका छन्।सदरमुकाम चरिकोटमा आन्तरिक राजस्व विभाग तथा नेपाल वाणिज्य महासंघको आयोजना र दोलखा उद्योग वाणिज्य संघको सहआयोजनामा दुई दिन सञ्चालन गरिएको कर तालिममाले जिल्लाका साना तथा मझौला ब्यवसायीलाई कर त्रुटी कम होस र करको कर्तव्य बोध गराउन तालिम आयोजना गरिएको दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालले बताए

तालिममा सहजीकरण ज्ञानेन्द्र भारी र राजकुमार राईले गराएका थियो। तालीमको पहिलो र दोस्रो दिन कर, आयकर, करदाता, आयको प्रकार, प्यान, स्थायी लेखा नम्बरको लगायतको विषयमा आन्तरिक राजस्व बिभाग केन्द्रका ज्ञानेन्द्र भारीले गराएका छन् ।तालिममा सहभागीहरुले आन्तरिक राजस्व कार्यालय जिल्लामा चाँडै स्थापना गर्न माग गरेपछि चैत एक गते देखी सुचारू गर्ने गरि कार्यालय स्थापना गर्न लागिएको बताइएको दोलखा उद्योग वाणिज्य संघका प्रतिनिधिले बताएका छन्।दुई दिन चलेको तालिममा उद्योग वाणिज्य संघका तिन शाखा मैनापोखरी, सिंगटी,माघदेउराली र जिल्लाका ८० भन्दा बढी उद्योगी,व्यवसायी र सहकारीकर्मी, लेखा क्षेत्रका विद्यार्थीको सहभागिता रहेको थियो।दुई दिन चलेको कर तालिमको निमित्त प्रमुख जिल्ला अधिकारी ओलक बहादुर आलेले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेर समापन गरेका छन्।


प्रतिक्रिया दिनुहोस