१५आैँ तरुण सहिद हेमन्त निशुल्क एसईई तयारी कक्षा चरिकोटमा सुरु



दोलखा।१५आैँ तरुण सहिद हेमन्त निशुल्क एसईई तयारी कोचीङ कक्षा २०७६ सुरु भएको छ।निशुल्क तयारी कक्षाको मंगलवार औपचारिक रूपमा नेपाली कांग्रेस दोलखा महासमिती सदस्य एवं युवा नेता बर्मा लामाले उद्घाटन गरेका छन् ।नेविसंघ दोलखाले पन्ध्रौं वर्ष देखी आर्थिक अवस्था नाजुक भएका,जेहेन्दार,र जिल्लाका दुर्गम भेगका विद्यार्थीलाई एकैठाउँ समेटेर निशुल्क कोचीङ पढाउने गरेको कोचिक कक्षा संयोजक राजन बस्नेतले बताए। गत एक साता अघि देखी सुरु भएको एसईई तयारी कोचीङ कक्षामा सहभागी विद्यार्थीलाई शुभकामना दिदै प्रमुख अतिथि बर्मा लामाले आफुलाइ गाह्रो लाग्ने विषयहरुमा गम्भीर भएर अध्यन गर्न विद्यार्थीलाई शुभकामना दिएका छन्।

त्यसैगरी नेविसंघ दोलखाका पुर्व अध्यक्ष एवं निशुल्क कोचीङ समितीका संस्थापक अध्यक्ष राकेश श्रेष्ठले २०६३ सालदेखी सुरु गरेको निशुल्क माध्यमिक तहको परिक्षा तयारी कोचीङ कार्यक्रमले जिल्लाका सयौं विद्यार्थीलाई राहत मिलेको बताए।नेविसंघ दोलखा विद्यार्थी नेता शेरफ मोक्तानले जिल्लाका दर्जन बढी बिधालयका करिब एक सय दश जना एसईईका विद्यार्थी ०७६ को कोचीङ कक्षामा सहभागी भएको भएको जानकारी दिए।

विशेष गरि जिल्लाको भिमेश्वर नगरपालिका भित्रका छ वटा बिधालयका विद्यार्थी सहभागी छन् भने नगरपालिका बाहिरका शैलुङ,तामाकोसी, कालिन्चोक लगायतका सरकारी बिधालयका दर्जन बढी विद्यार्थी पनि निशुल्क कोचीङमा पढ्न आउने गरेको छन्।निशुल्क संचालित कोचीङ कक्षाले आफ्नो बिधालय पशुपति माबीका विद्यार्थी लाई एसईई पास गर्न थप टेवा पुगेको पशुपति कन्या मावीका शिक्षक दिपशंकर चौलागाईंले बताए।


प्रतिक्रिया दिनुहोस