काेरियामा काेराेना भाईरसका कारण मृत्यु हुँनेकाे सङ्ख्या ११पुग्याे,९७७ जना संक्रमित



काेरिया।कोरोना भाइरसका कारण दक्षिण काेरीयामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । साेमबार रातिसम्म ८ जनाकाे मात्र मृत्यु भएको थियाे भने मंगलबार साझसम्म थप ३ जनाकाे गरि ११ जनाकाे मृत्यु भइसकेको छ । साेमबार सम्म भाइरस बाट संक्रमित हुनेकाेसंख्या ८३३ जना थियाे मंगलबार संक्रमितको संख्या बढेर ९७७ पुगेकाे काेरीया एसबिएस च्यानलले देखाएको छ ।

हाल सम्ममकाे तथ्यांक

त्यसैगरी १३ हजार ८८० जनामा काेराेना भाइरसकाे लक्षण देखा परि चेकजाँच लिइ विशेष निगरानीमा छ भने २२ जना संक्रमित भइ सामान्य अबस्था भएपछि घर फर्किएकाे काेरीया एनआरएनए सचिव मनाेज गाैतमले जानकारी गराएका छन् ।काेराेना भाइरस संक्रमित विभिन्न क्षेत्रमा काेराेना संक्रमितको संख्या सबैभन्दा धरै काेरीयाकाे सहर थेगुमा देखा परेकाे छ ।

फेब्रुअरी २५ साझसम्म थेगुमामात्र ५४३ जनामा उक्त भाइरस संक्रमित फेला परेकाे छ भने ख्यङ्बाेकमा २४८ ,बुसानमा ४३, ख्यङ्गिमा ४२,सउलमा ४०, ख्ङनाम २३, ख्वाङ्जुमा ९ ,खाङ्वन ६, छुङ्बाेक ५, थेजनमा ३ , उल्सानमा ३,छन्बाेक ३, इन्छन २, छन्नाममा २ ,छेजुमा २ र छुङ्नाम मा २ गरि जम्मा ९७७ जना संक्रमित भैसकेका छन् । र लक्षण देखापरेर चेकजाँच गर्नेकाे संख्या पनि दिनमा हजार बढि थपिदै गयकाे छ । कोरोनाभाइरस सङ्क्रमीत्काे सङ्ख्या अझै बढ्ने सक्ने आशँका गरिएकाे छ ।

काेरीया स्थित नेपाली दुतावासले विज्ञप्ति निकाल्दै सम्पूर्ण नेपालीहरुलाई सचेत रहन आह्वान गरिसकेकाे छ भने अबैधानिक रहेका कामदारहरुलाई पनि लक्षण देखा परे सरकारी अस्पतालमा निशुल्क उपाचार गर्ने र उपचार गर्ने सिलसिलामा नपक्रिने पनि जानाकारी गराएकाे छ ।काेरीयन सरकारले संक्रमित क्षेत्रलाई विशेष निग्रानिमा राखि सतर्कता अपनाईरहेकाे छ ।काेराेना भाइरस संक्रमित बढे सँगै काेरीयामा कार्यरत नेपालीहरुमा पनि त्रास फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस