महिला लक्ष्यित कुक तालिम दोलखामा सुरु



दोलखा,फागुन १३।बढ्दो होटल व्यवसायमा महिलालाई सीप दिएर आत्मनिर्भर बनाउन दोलखामा तीन महिने कुक तालिम सुरु भएको छ।दोलखामा धेरै मात्र होटलहरु खुलेपनि होटलमा काम गर्ने दक्ष जनशक्ति वाहिरी जिल्ला बाट ल्याउने समस्या कम होस भनेर जिल्लामै पहिलो पटक कुक तालीम सुरु गरिएको छ।

महिला सीप विकास सम्बन्धी ३ महिने ३९० कार्य घण्टा चल्ने कुक तालिम मंगलबार बाट सदरमुकाम चरिकोटमा सुरु भएको हो।जिल्लाका ग्रामीण भेगमा रहेका बेरोजगार महिला लाई होटल क्षेत्रमा आत्मनिर्भर बनाउन तालीमको आयोजना गरिएको भिमेश्वर नगरपालिकाका अध्यक्ष भरत केसीले बताए।प्रदेश सरकार सामाजिक विकास मन्त्रालय व्यवसायिक तालीम तथा सिप विकास तालिम केन्द्र बागमती प्रदेश, हेटौडा मकवानपुर नेपालको आयोजनामा ३ महिने कुक तालिम सुरु भएको जनाइएको छ।

बागमती प्रदेश, हेटौडा मकवानपुर सामाजिक विकास मन्त्रालय व्यवसायिक तालीम तथा सिप विकास तालिम केन्दका कार्यालय प्रमुख युवराज गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेको प्रमुख आतिथ्यतामा कुक तालिमको आज उद्घाटन गरिएको हो।
तालिममा ९ वटा स्थानिय तहबाट २३ जना महिलाहरुको सहभागिता रहेको छ। तालिममा सहभागि महिलाहरु १८ वर्ष भन्दा माथिको लाई छनौट गरि होटल क्षेत्रका दक्ष प्राविधिक बाट तालिम दिप्रशन होटलमा दिइने भएको छ।


प्रतिक्रिया दिनुहोस