जन्मदिनको अवसरमा पत्रकार महासंघको भवन निर्माणका लागी आर्थिक सहयोग



सुबास बस्नेत दोलखा,फागुन,२२।भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका प्रमुख डाक्टर राम कुमार कार्कीले आफ्नो जन्म दिनको अवसरमा नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणको लागी आर्थिक सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ दोलखाको सूचनामैत्री भवन निर्माणको लागि डाक्टर राम कुमार कार्कीले सात हजार सात सय सतहत्तर रुपैयाँ पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई प्रदान गरेका हुन् । डाक्टर राम कुमार कार्की यस अघि पनि तत्कालिन जिल्ला पशु सेवा कार्यालय दोलखामा लामो समयसम्म कार्यरत थिए । हाल उनी दोलखामा पुनः कार्यालय प्रमुखको रुपमा कार्यरत छन् । आजबाट उनले दोलखाबाटै सेवाबाट अवकास लिएका छन् पत्रकार महासंघको भवन निर्माणको लागि विभिन्न व्यक्तित्वहरुले जन्मदिन, वैवाहिक वर्षगाँठको अवसरमा सहयोग गर्दै आएका छन् । सबैको सहयोगकै कारण महासंघको फागुन ७ गतेदेखि आफ्नै भवनबाट नियमित कार्यालय सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस