जिल्ला वन कार्यालय दोलखाका प्रमुख २ लाख घुससहित पक्राउ



दाेलखा।डिभिजन वन कार्यालय दोलखाका प्रमुख सन्तमाया श्रेष्ठलाई अख्तियारले भक्तपुरको गठ्ठाघरबाट नगदसहित नियन्त्रणमा लिएको छ ।दोलखाबाट काठमाडौं आइरहेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले २ लाख ३ हजार नगदसहित नियन्त्रणमा लिएको हो । उनी सवार गाडीमा कार्यालय सहयोगी र उनका परिवार सवार रहेको अख्तियार स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस