आठ वर्ष पछी माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल परिक्षण सुरु



सुबास बस्नेत दोलखा, चैत ३।बहुचर्चित ४५६ मेवाको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्सको परीक्षण शुरु गरिएको छ । सोमवारबाट आयोजनाको हेडवक्र्सको परीक्षण शुरु गरिएको हो ।सोमवार ९ स् ३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए।आयोजनाको हेडवक्र्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिने छ । हेडवक्र्स परीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडी बाँकी पानी ड्याममा जम्मा गर्न शुरु गरिएको प्रवक्ता न्यौपानेको भनाई छ । आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ ।हेडवक्र्सका संरचनाहरुको परीक्षण चैत २२ गतेसम्म जारी रहने छ । हेडवक्र्सका संरचनाको परीक्षणको अवधिमा तामाकोशी नदीमा पानीको सहतह घटबढ भइरहने भएकोले नदी आसपासमा नजान तथा पशुचौपाया नलैजान माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस