बैतेश्वर गाउँपालिकाले दियो अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्न निर्देश



सुबास बस्नेत दोलखा,चैत,९।विश्वभर फैलिएको कोरोना भाइरसको त्रास बाट बच्न २०७६ साल चैत ७ गते सरकारले जारीगरेको सूचना बमोजिम २०७६ साल चैत ९ गतेदेखि चैत २९ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्न र गराउन दिएको निर्देश अनुसार सरकारले अर्को सूचना सार्वजनिक नगरे सम्म बैतेश्वर गाउँपालिकाले पालिका भित्र बाट सुचारु हुँदै आएका अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने भएको छ।

बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले आइतबार एक सूचना सार्वजनिक गर्दै गाउँपालिका अन्तर्गत रहेका सम्पुर्ण सरकारी कार्यालय तथा निजि संघसंस्था बाट प्रवाह हुने नियमित सेवाहरु स्थगित गर्न सबै सरोकरवाला हरु निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस