कोरोना तिमी प्लेन चढेर नआऊ है



“कविता”

कोरोना तिमी बुहानमा जन्मियौ ,
प्लेनमा चढेर जगतको सैर गर्यो ,
धेरै मानिसलाई आफ्नो प्रिय बनायौ ,
खरानीको धुलसंगै चिता जलायौ ,
निर्दोष मानिसलाई पीडा दिलायौ ,
गरीवहरुको जीवन तहस नहस बनायौ ,
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है…

के बिगारेको थियो तिम्रो
त्यो निर्दोष गरीवहरुले ,
भोक भोकै दिनरात
तिम्रो डरले लकडाउनमा बसेको छ ,
धिकार छ कोरोना तिमीलाई
गरीब धनी सबैलाई एकै ठानियौ ,
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है …

प्लेन चढ्न रहरै थियो भने
तिमीले चारटर गरेर चढेको भए हुने थियो ,
प्लेनमा चढेर पुगेन तिमीलाई ,
फेरी किन गरीबहरुकै
कांधमा चढेर गांऊ गांऊमा ओर्लियौ ,
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है…

बिचरा गरीबहरु त त्यतिकै
भोकले मरिरहेका छन् तिम्रो बाटो कुर्नै पर्दैन ,
औषधी नपाएर दमको रोगले ग्रस्त छन् ,
निमोनिया ज्वरोले ग्रस्त छन् ,
कुपोषणले काललाई पर्खिरहेका छन् ,
खाली पेटमा औषधी पनि लिन मिल्दैन ,
यी सब थाहा हुदां हुदै पनि तिमी किन ?
प्लेन चढेर जगतको शैर गर्दै छौ ,
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है …

तिमी आफुलाई बलिष्ट न ठान ,
तिमी भन्दा मानिस पनि कमका छैन ,
तिम्रो जीवनलाई नै लाँकडाउन गरी दिन्छन् ,
बेलैमा होसियार ! खरानीको लेप तिमीलाई थाहा छैन् ,
बेसार , तुल्सी , गुर्जो , मरिचको सुप तिमलाई थाहा छैन् ,
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है …

कोरोना तिमीलाई करुणाले पराजित गर्छन् यहां ,
छिट्टै तिमी बिसराम लेऊ , जगतलाई दूर्गन्धित नबनाऊ यहां ,
ईस्वर पनि रिसाऊला जगतको तवाहीसंगै …
शंखको ध्वनीसंगै , तुरहीको आवाजले बिसराम लेऊ अब ,
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है …

मानिसको जीबन माथि खेलवाड नगर कोरोना तिमी अझै ,
तुरहीको आवाजसंगै शंखको ग्रजनादले भाग्नु पर्छ कठ्ठै ,
जीवन कसैको त्यतिकै हरण गर्न पाऊँदैनौ कोरोना तिमी ,
गरीबहरुको आह लाग्ला उल्टै निर्दोषहरुको शराप लाग्ला ,
लाँकडाउनमा छन् यहिले तिम्रो बाटो नै बन्द गरी ,
सरसफाई गर्न पनि सिकिसके अब मानिसले पनि ,
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है …

बाई बाई कोरोना तिमीलाई गरी सके सबैले जब ,
फरकेर नआऊ कहिल्यै जगतमा प्लेन चढेर अब ,
शान्तीले जाऊ , नमस्कार गर्दछ तिमीलाई सधैंको लागि ,
हात मिलाऊने छैन् कसैले कसैसंग अब बाटो सहज बनाऊन तिम्रो ,
नमस्कार नै ठिक छ नेपाल र नेपालीको संस्क्रितिले नै अब ,
त्यसैले कोरोना तिमी प्लेन चढेर नआऊ है …

लेखक – भोलाप्रसाद लोहनी ” पाञ्चाल ”
काठमान्डौं नेपाल


प्रतिक्रिया दिनुहोस