कोरोना महामारी–कोरियामा पहिलो पटक डाक्टरको मृत्यु



काेरिया।कोरोना भाइरसको कारण कोरियाको थेगु स्थित एक अस्पतालमा कार्यरत एक डाक्टरको मृत्यु भएको छ ।कोरोना संक्रमीत बिरामीहरुको उपचारमा संलग्न उक्त डाक्टरको सोही रोगको संक्रमणका कारण मृत्यु भएको हाे।काेरियामा कोरोना संक्रमणका कारण डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो।

दक्षिण कोरियामा हाल सम्म कोरोना भाइरसबाट १७४ जनाकाे मृत्यु,संक्रमितको संख्या १० हजार ६२ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ।

५९ बर्षीय डाक्टरको कोरोना संक्रमण पुष्टि भएपछी मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी हस्पिटल थेगुमा उपचार भैरहेको थियो।उनको शुक्रबार बिहान मृत्यु भएको बताइएको छ भने उनलाई आफ्नो मेडिकलमा आएका संक्रमित बिरामीबाटै संक्रमणको आशंका गरिएको छ।


प्रतिक्रिया दिनुहोस