कोरोनाले विश्वमा एकलाख १० हजार बढीको मृत्यु



काठमाडौं।कोरोना भाइरसले विश्वका १८५ देशमा १७ लाख ७३ हजार बढी संक्रमित भएका छन् । अहिलेसम्म एकलाख १० हजार ८९२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा अहिलेसम्म पाँचलाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा २० हजारभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । अमेरिका नै पहिलो यस्तो देश बनेको छ जहाँ कोरोनाले एकैदिन दुईहजार जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस