नयाँ सालमा खचाखच हुने दोलखाका पर्यटकीय स्थल कोरोनाले सुनसान



सुबास बस्नेत दोलखा, बैशाख १।गत वर्ष चहलपहल र रमझम देखिने नयाँ वर्षका र प्रमुख पर्यटकीय गन्तव्य हरु यो वर्ष कोरोना भाइरसका कारण सुनसान बनेका छन्।मानिसहरु अघिल्ला वर्षहरुमा नयाँ वर्ष भन्ने बित्तिकै नयाँ ठाउँ घुम्न जाने र रमझम गर्ने गर्थें तर यो नयाँ वर्ष २०७७ भने लाखौं नेपालीलाई खल्लो महसुस भएको छ।दोलखामा गत सालका बैशाख १ गते भिन्न खालको नयाँ वर्ष विशेष कार्यक्रम आयोजना  हुन्थ्यो जिल्लाका प्रमुख धार्मिक तथा  पर्यटकीय स्थलहरुमा मानिसको चहलपहल बाक्लो हुनेगरेको थियो।जिल्लाको एकै दिन गत वर्षको बैशाख १ गते ३० हजार मानिस कालिञ्चोक घुम्न र कालिन्चोक भगवती मन्दिरमा दर्शन गर्न पुगेका थिए।तर यो वर्ष ०७६को चैत पहिलो साता देखी पर्यटकीय स्थल कालिन्चोक सुनसान भएको छ।अघिल्लो वर्षको बैशाख १ गते कालिन्चोक घुम्न जाने भनेर मानिस दुई चार दिन अघि देखी सदरमुकाम चरिकोट आएर बस्ने गर्थे र चरिकोटमा पनि मानिसको भिडले बजार र होटल हरु खचाखच हुने गरेको देखिन्थ्यो तर यो वैशाख १ मा कोरोना बाट जोगिन सरकारले गरेको लकडाउनका कारण बजार सुनसान देखिन्छ होटल पसल पुनः रुपले बन्द छन्।

त्यसैगरी पर्यटकीय गन्तव्यको रुपमा परिचीत जिरी उपत्यका पनि यो वर्ष सुनसाननै छ।जिरीका पर्यटकीय गन्तव्यहरु चेर्दुङ,जिरेश्वरि मन्दिर,जिरीको खुल्ला ठाउँ एर्पोट जिरी आसपासका मनोरञ्जन देखाउने डाँडामा गत वर्षको बैशाख १ गते  मानिसको लस्कर देखिने जिरी यो सालको बैशाखमा कोठामै सिमित भएको जिरी नगरपालिका स्थानीयहरु बताउँछन्।गत वर्षको बैशाख १ गते जिरीमा करिब ५ हजार मानिस दोलखा र छिमेकी जिल्ला बाट जिरी घुम्न निस्केको जिरी नगरपालिका बताउछ।२०७७ को बैशाख १ गते भने जिरी लकडाउनको चपेटामा गत दुई साता देखी परेको जिरी नगरपालिका प्रमुख टंक जिरेल बताउँछन्।दोलखाको कालिन्चोक र जिरी पछि नयाँ वर्षमा धेरै मानिस पुग्ने ठाउँ शैलुङ हो।शैलुङमा प्राकृतिक सम्पदाको रूपमा परिचीत  सयौं डाँडाकाडां रहेका छन्।दोलखा शैलुङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ शैलुङडाँडा हिउँदमा धेरै मानिसको चहलपहल देखिन्छ शैलुङमा गत वर्षको बैशाख १ गते चरिकोट हुदै करिब तीन हजार मानिस शैलुङ घुम्न आएको बताउछन् शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल।उनका अनुसार काठमाडौ र चरिकोट बाट गत वर्ष करिब पाँच हजार मानिस नयाँ वर्ष मनाउन शैलुङपुगेका थिए।अहिले भने कोरोना भाइरस र लकडाउनले शैलुङ सुनसान बनेको उनले सुनाए।विश्वमा भाइरल बनेको कोरोनाले ०७७को पहिलो गासमै ढुङ्गा सावित भएको जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुलाइ यो वर्षको नयाँ सालको बैशाख एक गते कोरोनाका कारण जिल्लालाई लाखौं आर्थिक नोक्सान भएको जिल्ला उद्योग वाणिज्य संघ दोलखाका महासचिव हेमराज रिमाल अनुमान गर्छन्।जिल्लाभरका दर्जन बढी परिचीत पर्यटकीय गन्तब्य हरु कोरोनाले सुनसान बनेको हुँदा जिल्ला लाखौं नोक्सान भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस