कोरोना भाईरसको कहरसंगै रमाऊन सिक्दैछु



“कविता”
आमा तिमीलाई
दिल खोलेर हँसाऊन खोज्दैछु,
तर भोको पेटले पनि
तिम्रो आंचललाई रसाऊन सिक्दैछु ।
तिमी आफ्नै सन्तानहरुमा
काँखको दुरी किन बढाऊदै छौ?
तैपनि …
आमा तिम्रो काँखमा रसाऊन खोज्दैछु ,
कोरोना भाईरसको कहरसंगै रमाऊन सिक्दैछु ।

आमा तिमी यहिले
मुकदर्शक भएर किन टोलाई रहेकाछौ ?
हावाको गति संगै
आफ्नो हांसोलाई किन बहन दिई रहेकाछौ ?
गरीब मजदुरहरुको
भोको पेटमा तिमी तातो जाऊलो किन खोजी रहेकाछौ ?
कस्तो बेला आयो आमा
छर्पस्ट चितालाई हेरेर आंशुसंगै किन तिमी मौन बसेकाछौ ?
तैपनि. . .
आमा तिम्रो काँखमा रसाऊन खोज्दैछु ,
कोरोना भाईरसको कहरसंगै रमाऊन सिक्दैछु ।

जगतमा शान्ति छर्ने बुद्ध
लकडाऊनको मर्मलाई बुझ्दैछ ।
तैतिस कोटी देवताहरु पनि ,
लकडाऊनको शास्तिलाई झेल्दैछ ।
शान्तिको दुत परेवाहरु ,
भोकले छटपटाई रहेकाछन् ।
रामको दुत हनुमानले पनि ,
संजीवनी खोज्न छाडी सकेकाछन् ।
कोरोना भाईरसको कहरले ,
आफ्नै घरमा सबैले शान्ति खोज्दै छन् ।
तैपनि …
आमा तिम्रो काँखमा रसाऊन खोज्दैछु ,
कोरोना भाईरसको कहरसंगै रमाऊन सिक्दैछु ।

विश्व हाँक्ने अमिरका
डरले थुर थुर काँप्दै छन् कोविड-१९ को तरगंले तर्सेर ।
चिनले रमाऊन खोज्दैछ
कोरोना भाईरसको पीडासंग जुझ्दै बाई बाई गर्दैछन् ।
ईटली रुदैं छ
विश्व तरंगित गर्दै कोरोनाको महाजालमा परेर ।
भारतले झ्याली पिट्दै छन्
घर- घरमा दीप प्रज्वलनसंगै योगा अभ्यासमा भुलेर ।
हामीलाई हेर
रमाएका छन् ठुला भनाऊदाहरु भ्रष्टाचारको प्राकाष्ट नाघेर ।
जनताको राहतमा पनि
छाडेन भ्रष्टाचार गर्न स्वास्थ्यमा खेलवाड गर्दै मानवता बिर्सेर ।
तैपनि…
आमा तिम्रो काँखमा रसाऊन खोज्दैछु,
कोरोना भाईरसको कहरसंगै रमाऊन सिक्दैछु ।

रचना – भोला प्रसाद लोहनी ” पाञ्चाल”


प्रतिक्रिया दिनुहोस