साेलुखुम्बुमा प्रहरी हवल्दारबाटै महिला बलात्कार



साेलुखुम्बु।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ नेचाविहिबारेकी एक विवाहित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय नेचामा कार्यरत प्रहरी हवल्दार महेश्वर श्रेष्ठ पक्राउ परेका छन् ।मंगलबार राति प्रहरी हवल्दार श्रेष्ठलाई स्थानीय २३ बर्षिय महिलासंग यौन सम्पर्क गरिरहेको अवस्थामा स्थानीयले देखेका थिए । घटनास्थलको प्रमाणको आधारमा आरोपित श्रेष्ठलाई प्रहरीले पक्राउ गरि सल्लेरी ल्याएको थियो ।

पिडित महिलाको उजुरीको आधारमा जबरजस्ती करणी मुद्धामा म्याद थप गरेर अनुसन्धान शुरु गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।पिडित भनिएकी महिला नेपाली थर की हुन् । श्रीमान् वैदेशीक रोजगारीमा रहेका उनको ३ सन्तान रहेको बुझिएको छ ।एक राई परिवारमा श्रीमान अबेरसम्म घर नआएपछि खोज्न निस्केका श्रीमती र छोरीले उक्त घटना देखेपछि स्थानीय गुहारेका थिए । स्थानीय भेला भएर घटनास्थल जाँदा पुरुष भागिसकेको तर उस्ले प्रमाण छाडेकाले पहिचानका लागि सहज भएको एक स्थानीयले बताए ।

घटनास्थलमा प्रहरी हवल्दार श्रेष्ठको भित्री वस्त्र, चप्पल र मोबाईल छुटेकाले पहिचानमा सहज भएको स्थानीयहरुको भनाई छ । एक प्रत्यक्षदर्र्शीले भने, ‘खबर पाएपछि हामी पुग्दा सुतिरहेका बच्चाको हातमा १०–१० रुपैयाँको नोट थियो ।’

आफ्ना श्रीमानको खोजीमा गएका आमा छोरीले हवल्दार र स्थानीय महिलाको चर्तिकला देखेका थिए । पिडित भनिएकी महिलाको आचरण ठिक नभएको र सहमतिमै यौन क्रियाकलाप भएको हुन सक्ने स्थानीयहरु बताउछन् । यता प्रहरी भने महिलाले जबरजस्ती करणीको मुद्धा दायर गरेकाले अनुसन्धान अघि बढाउने बताएको छ ।

मध्यरातमा घरमा नआएका करिब ४० बर्षिय तुलाधन राई पनि यौन कर्तुतकै आरोपमा पक्राउ परेका छन् । एक दलित समुदायकी महिलाको घरमा गएर जबरजस्ती यौन सम्पर्क राख्न खोज्ने राईलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् घरमा नभएको मौका छोपी गएका उनले झ्याल फोरेर भित्र पसेको र यौनिक हाउभाउ देखाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।श्रीमान् कान्छी श्रीमतीको साथमा रहेका बेला राईले मौका छोपेको स्थानीयले आरोप लगाएका छन् । घटनाको प्रकृति र जाहेरीको आधारमा मुद्धा दर्ता गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस