कविता:लकडाउनमा खोपीमा खोज्दै कनिका



कविता

रात बित्याे …
जूनलाई हेर्दै जूनकिरीको आबाजमा,
दिन बितो …
दीनमय लकडाउनको बेतीथिमा ।
कहाँ जाने ? के गर्ने ?
दिऊसै अंधकार भो… ,
भ्रष्टाचारीहरुको खेलमा
जनताको जीवन सखाप भो …।
कोरोनाले संसार रजाई गरे
यहाँ पनि त्यस्तै भो… ,
बती बलेन नेताहरुमा
जीवन नै दु:खको पहाड भो … ।

खोपीमा खोज्दै कनिका
बलेन बति पेटमा चरुवाको ,
मन रोएको छ असमय
जनताको बेहाल भो… ।

चरुवा मात्रै कहाँ होर…
जनको पनि त्यस्तै हाल छ ,
रजाई गर्नेहरु बाहेक
जनता सबै बेहाल छ …।
राजनीति गर्नेहरु
दीनहरुमा राजनीति गरेकै छन् ,
ढुकुटी चहार्नेहरु …
जनताको ढुकुटी चहारेकै छन् ।

खोपीमा खोज्दै कनिका
बलेन बती पेटमा चरुवाको ,
मन रोएको छ असमय
जनताको बेहाल भो …।

अर्धचेतनमा रोईरहेका छन्
खोज्दै चरु खोचामा… ,
पेट मुसार्दै हिडेका छन्
खोज्न दीनबन्धु सरकारको आगनीमा …।
५૪औं दिन बिताए
सरकारसंग खोजमेल गर्दै… ,
खोतर खाँदै ती पलहरु चरुवाले ।
थेग्नै न सक्ने ती दर्दहरु…
सहेर पनि लोभमा देव चरु सम्हाले ?

खोपीमा खोज्दै कनिका
बलेन बति पेटमा चरुवाको ,
मन रोएको छ असमय
जनताको बेहाल भो … ।

रचनाकार – भोला प्रसाद लोहनी ” पाञ्चाल “


प्रतिक्रिया दिनुहोस