कोरियामा भिसा सकिएपछि स्वदेश फर्किन पाउनु पर्ने माग राख्दै नेपालीद्वारा दुतावासमा धर्ना



काेरिया।दक्षिण कोरियामा भिसा अबधि सकिएपछि स्वदेश फर्किन नपाएका नेपालीले सियोल स्थित नेपाली दुतावासमा धर्ना दिएका छन् । आइतबार दूतावास पुगेर उनीहरुले कार्यबाहक राजदूत रामसिंह थापा र श्रम कन्सुलर डिल्लीराम बास्तोलालाई भेटि ज्ञापनपत्र बुझाएका छन। सुवास ढकालको अगुवाइमा आफूहरुको भिसा सकिएको भन्दै तत्काल नेपाल जान पाउँ भनि ज्ञापनपत्रमा आफ्ना मागहरु राखेका छन । राजदूत थापाकाे अनुसार नेपाल सरकारले कुनै निर्णय नगरी अहिले केहि पहल गर्न नसक्ने बताएका थिए । ढकाल सहित उनीहरुकाे संम्लग्न टाेलिले दुतावासमा १ घन्टा धर्नासहित तत्काल नेपाल जान पाउँ भनि माग राखेका थिए ।दूतावसले भने राष्ट्रमा लकडाउन र काेराेना महामारीले संकटमा परेको बेलामा संयमित हुनुपर्ने र धैर्य गर्नुपर्ने भन्दै नेपाल सरकारले कुनै औपचारिक निर्णय नगरी कुनै सहयोग गर्ने नसकिने भन्दै फर्काएपछि उनीहरुमा झन त्रास र चिन्ता बढेको छ ।

ईपीएसबाट कोरिया जाने कामदारको भिसाको अवधि ५ वर्ष पुग्यो भने उनीहरुले ग्रिन कार्डका लागि दाबी गर्न पाउने व्यवस्था भएका कारण ४ वर्ष १० महिना अवधिको भिसा दिने र त्यसपछि उनीहरुलाई शरणार्थी भिसा दिने गरेको छ ।भिसा सकिनेहरुको पहिलो चरणमा ५० दिन थपेको थियो र त्यसपछि ५ दिन थपेको थियो ।उनले भने यो थपेको समय सकिएपछि फेरी काेरियाकाे राहदानी विभागले १ महिने शरणार्थी भिसा जारी गरेको थियो । जुन भिसाले काम गर्न नपाए पनि आफ्नै खर्चमा कोरियामा बस्न सहज हुन्छ ।

ईपीएस रोजगार प्रणालीमार्फत दक्षिण कोरियामा भिसा सकिएर नेपाल फर्किन नपाएका ३५ सयभन्दा बढी कामदार रहेका छन। विदेशी भूमिमा अलपत्र आफूहरु जस्तै सबैको उद्दार गर्न उनीहरुको अपिल छ । उद्दारमा लाग्ने सबै खर्च, नेपाल आएर क्वारेन्टाइनमा लाग्ने खर्च लगायतको खर्च आफैंले गरेर भएपनि नेपाली भूमिमा फर्काइदिन दुतावासलाई पहल गर्नका लागि उनीहरुले अनुरोध गरेका छन् ।भने सबै देशले महामारीको बेलामा आफ्नो देशको नागरिक लगिरहेको भन्दै नेपालले पनि आफूहरुको उद्दारका लागि पहल गर्नुपर्ने उनीहरुको भनाई छ ।

भिडियो सहित:-


प्रतिक्रिया दिनुहोस