कोरियाको औधोगिक उत्पादन १२ बर्ष यताकै कम,साना तथा मझौला कम्पनीहरु संकटमा



काेरिया।दक्षिण कोरियाको औधोगिक उत्पादन १२ बर्ष यताकै कम भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यावसायिक विश्वासमा कमि आएपछि उत्पादन घट्न थालेको हो ।बिश्वब्यापी आर्थिक मन्दी संगै औधोगिक व्यावसाय आगामी महिना थप घट्ने बैंक अफ कोरियाले बुघबार प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।व्यावसायिक सूचांक अनुसार आगामी महिना औधोगिक उत्पादन सन् २००९ यताकै सबैभन्दा कम हुनेछ ।बैंक अफ कोरियाले मे १२ देखि १९ सम्म ३ हजार ६ सय ९६ कम्पनीहरुमा अध्यन गरि उक्त तथ्यांक सार्बजनिक गरेको हो ।

कोरियामा गत जनवरी २० तारिख देखि देखा परेको कोरोना भाइरसका कारण फेब्रुरी देखिने क्रमस औधोगिक उत्पादनमा कमि हुदै आएको छ ।तथ्यांकअनुसार मेडिकल सामानको उत्पादन तथा बिक्रि वितरणमा केहि आशा देखिएतापनि परम्परागत मेरुदण्डको रुपमा रहेका अटोमोबाइल तथा क्यामिकल कम्पनीहरुको उत्पादन थप घट्ने छ ।

त्यस्तै साना तथा मझौला कम्पनीहरुको उत्पादन आगामी जुनमा ४ अंकले घट्ने छ ।साथै यस्ता कम्पनीहरुको उत्पादन सन् २००३ यताकै सबैभन्दा कम्जोर हुने बैंक अफ कोरियाले जनाएको छ ।औधोगिक उत्पादन तथा निर्यातमा कमि आएसंगै साना तथा मझौला कम्पनीहरु संकटमा पर्ने देखिन्छ ।यद्यपी गैर्ह उत्पादनमुलक कम्पनीहरु भने आगामी जुनमा ५० अंक देखि बढेर ५६ पुग्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस