दक्षिण कोरियामा एक नेपालीको मृत्यु



काेरिया।कोरियामा फेरी एक नेपालीको दुःखद निधनको खवर प्राप्त भएको छ । एक दशक देखी कोरियामा कार्यरत रहदै आएका रुकुम जिल्लाका सिन्जालि थरका एक नेपालीको हृदय घातका कारण मृत्यु भएको जनाइएको छ ।३९ वर्षिय सिन्जालि छुङ्छङ्नाम्दो छनान आसान एरियामा बिगत १० बर्ष देखि कार्यरत थिए । उनको आइतवार राती २ बजे मृत्यु भएको एनआरएन सचिव मनोज गौतमले जानकारी गराउनुभएको छ । उनको पार्थिव शरीरलाइ हाल नजिकैको अस्पतालमा राखिएको छ ।घटना बारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा अनौपच्रिक जानकारी मात्र प्राप्त भएको बताउनु भयो ।

कोरियामा केहिदीन यता नेपालीको मृत्यु शृंखलाबद्व रुपमा भैरहेको छ ।४ दीन अगी मात्र रेस्टुरेन्ट ब्याबसायी पोखराकी सबी भण्डारीको हृदयघातका कारण मृत्यु भएको थियो भने गत सोमबार धादिंगका मैती तामांगको दुर्घटनाका कारण मृत्यु भएको थियो । त्यस्तै २ साता अघि स्याङ्गजाका खड्ग बहादुर थापाको सुतेकै अबस्थामा मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस