कोरोनाभाइरस संक्रमणबाट दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु



दाेलखा।कोरोना भाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । ती पुरुष गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई हेमोरेजिक स्ट्रोक भएकोमा सोको अपरेशन गरिएको थियो । यस्तै जेठ १५ गते स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेहरुको सङख्या ९ पुगेको छ । त्यसैगरि देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप २०१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथरका १, सुनसरीका ७, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १, कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६७, पाल्पाका २, रूपन्देहीका २६, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जना संक्रमित थपिएको जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस