पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा ४ हजार ९२० को मृत्यु



कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ हजार ९२० जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा १ हजार २६९ जनाको मृत्यु भएको छ ।सोही अवधीमा अमेरिकामा कोरोनाले १ हजार ८१ जनाको मृत्यु भएको छ । बेलायतमा ३५९, भारतमा २५९, रुसमा १७८ जनाको पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा १ लाख २० हजार ५१० कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा २० हजार ३२२, ब्राजिलमा सबैभन्दा धेरै २७ हजार ३१३ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । रुसमा ८ हजार ५३६, भारतमा ९ हजार ६३३ संक्रमित २४ घण्टामा थपिएका छन् । महामारीका रुपमा फैलिएको कोरानाको संक्रमण हालसम्म विश्वभरमा साढे ६५ लाखभन्दा धेरैमा भइसकेको छ । यसमध्ये साढे ३१ लाख निको भइसकेका छन् । ५४ हजार संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

   

 
   


प्रतिक्रिया दिनुहोस