बैतेश्वरका चालु वर्षभित्रका महत्त्वपूर्ण योजना सम्झौता सम्पन्न



सुबास बस्नेत । दोलखा,दोलखाको वैत्यश्वर गाउँपालिकामा चालु आर्थिक वर्षको १० महिनामा आइपुग्दा गाउँपालिकाले महत्त्वपूर्ण बिकास योजना सम्झौता सम्पन्न गरेको जनाएको छ।गाउँपालिकाका योजना मध्ये करिब ९८ प्रतिशत सम्झौता गरिसकेको छ।बैतेश्वर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिकामा आएको करिब ४७ करोड बजेट मध्यको करिब १३ करोड बजेट बिकास पुर्वाधारमा खर्चगर्ने योजना बनाएको थियो।जस अनुसार चालु आर्थिक वर्षमा संचालित योजना संख्या ३ सय १५ रहेकामा ३ सय ६ वटा योजना सम्झौता गरि कार्यान्वयन भएको गाउँपालिका अध्यक्ष छवि लामाले लाई जानकारी दिए।बैतेश्वरका कुल योजना मध्ये साना खालका सानो बजेटका २ सय ९० वटा योजना  उपभोक्ता समिति मार्फत र २५ वटा ठुलो आर्थिक लागतमा निर्माण गरिने ठुला योजना पालिकाले जारी गरेको सूचना टेन्डर मार्फत   योजना कार्यान्वयन भएको गाउँपालिका उपाध्यक्ष रबि चन्द्र आचार्यले जानकारी दिए।उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका योजना लकडाउनका बीचपनि सञ्चालन भइरहेकाले चालु वर्षको असार मसान्तसम्म सबै पुरा हुने उनले बताए।हालसम्म बैतेश्वर गाउँपालिकाले २८ लाखका करिब १० वटा साना योजना बाहेकका  करिब ९८ प्रतिशत योजना सम्झौता गरिसकेको जनाएको छ।कुल २ सय ९० योजना मध्ये २ सय ८३ वटा योजना उपभोक्ता समिति सँग सम्झौता गरि कार्यान्वयन भएको छ। ७ वटा योजना कार्यान्वयनका लागी उपभोक्ता समिति गठन गरि सम्झौता प्रक्रियामा रहेको वैत्यश्वर गाउँपालिकाले जनाएको छ ।त्यसैगरि कुल योजनाको ६० प्रतिशत योजना कार्यान्वयन सम्पन्न गरि भुक्तानी समेत दिसकिएको गाउँपालिकाले जनाएको छ। ३ सय १५ योजना मध्ये १ सय ७८ वटा योजना सम्पन्न भएपछि भुक्तानी सम्पन्न गरिएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए।बागमती प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तरगत  प्रदेश सरकार बाट ५ वटा योजना परेकोमा सबै सम्झौता भई कार्यान्वयन भएको छ। कुल बजेट ६ करोड रहेको उक्त योजना ठेक्का मार्फत कार्यान्वयन भएको छ। त्यसैगरि स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम संघीय संसद प्रतिनिधी सभा सदस्य अन्तरगत ३ वटा योजना रहेकोमा ३ वटै योजना सम्झौता भई कार्यान्वयन अन्तिम चरणमा पुगेको छ पालिकाले जनाएको छ। ५० लाख कुल बजेट प्राप्त भएको उक्त योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको हो।बैतेश्वर गाउँपालिका लाई आगामी आर्थिक वर्षको लागी ३२ करोड २७ लाख  बजेट विनियोजन भएको छ।गाउँपालिकाले  विकासका आयोजनाका लागी चालु आर्थिक वर्षमा कुल ८ वडाका लागी १३ करोड बजेट विनियोजन गरेको थियो।त्यसैगरी कोरोना भाइरसको त्रासमा जोखिम मोलेर लकडाउन बिचमा कार्यालय खोलेर निरन्तर काम गर्ने गाउँपालिका भित्रका सबै कर्मचारीको प्रति व्यक्ति १० लाख बराबरको बिमा गर्ने घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस