युएईमा अलपत्र परेका नेपाली बोकेर उड्यो एयर अरेबिया



काठमाडौं ।कोरोना भाइरस कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई आजबाट स्वदेश ल्याउन सुरु गरेको छ । पहिलो चरण आज बिहान १० बजे म्यानमारको एयर फोर्स बिमानले २६ नेपाली लिएर काठमाडौं अवतरण गरेको थियो ।आजै एयर अरेबियाको जहाजबाट साझ ६ बजे १ सय ५७ नेपाली काठमाडौं अवतर गर्नेछ । यूएईबाट नेपाली लिएर जहाज नेपाल उडेको छ ।

कोरोनाको कारण समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् ।जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् ।

नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउँदै गरेको बताउनुभयो ।विदेशबाट उद्धार गरिएकाहरुलाई क्वारेन्टाइन सम्म पुर्‍याएर व्यवस्थापन मिलाउने जिम्मा नेपाली सेनालाई दिइएको छ । आज बिहान काठमाडौं आइपुगेका २६ जनालाई बसुन्धरा स्थित पाटीप्यालेसको क्वारेन्टाइनमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस