दोलखाबाट सिन्धुपाल्चोक फर्किएका ७ जनामा देखियो कोरोना संक्रमण



दाेलखा।सिन्धुपाल्चोकमा फेला परेका थप १८ जना कोरोना संक्रमित मध्ये पाँच जना दोलखाबाट गएको पाईएको छ । फर्किएका दुई जनामा यसअघि नै संक्रमण पुष्टि भैसकेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका १८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । जसमा सिन्धुपाल्चोक घर भई दोलखाको जलविद्युत आयोजनामा काम गर्ने कामदार रहेको जनाईएको छ । दोलखाको हाईड्रोमा कार्यरत भनिएपनि कुन आयोजना भन्ने खुलिसकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता कृष्ण तिवारीका अनुसार दोलखाबाट फर्किएका १० जना मध्ये सुरुमा गरिएको पीसीआर परीक्षणका क्रममा २ जनामा मात्रै पोजेटिभ देखिएको थियो । तर दोस्रो पटक गरिएको परीक्षणमा थप पाँच जनामा पनि संक्रमण पुष्टि भएको हो । बाँकी तीन जनाको रिपोर्ट आउन बाँकी छ ।

तिवारीका अनुसार उनीहरु जलविद्यूत आयोजनाका लागि तराईबाट सामान ल्याएका कन्टेनरमा पर्किएका थिए । सम्भवतः उनीहरुलाई कन्टेनरका चालक र अन्य स्टाफबाट संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले संक्रमणको जानकारी आएपछि प्रमाणीकरणको प्रयास भैरहेको बताए ।

उनीहरुलाई मेलम्ची क्षेत्रीय क्वारेन्टाइन र बाहुनेपाटी क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण पुष्टि भएका १८ मध्ये ९ जना कुवेत र ४ जना भोजपुरबाट आएका हुन् । संक्रमित सबैको अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यालय चौताराले जनाएको छ ।

नौ मेलम्ची नगरपालिका, चार हेलम्बु र पाँचजना पाँचपोखरी थांपाल गाउँपालिका निवासी हुन् । यसअघि दोलखाको खानीखोलामा कार्यरत सिन्धुपाल्चोकका ५२ जनाको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो ।
#काेराेना #अपडेट


प्रतिक्रिया दिनुहोस