लकडाउनमा चर्चित ब्याटल गायिका प्रिती आलेको तिज गीतको भिडियो सार्वजनिक



काठमाण्डौँ।नेपाली दिदिबहिनीहरुको महान चाड तीज नजिकिदै जांदा अहिले नेपाली मनोरञ्जन क्षेत्रका कलाकारहरुलाई पनि तीज लाग्न थालेको छ । कोरोना कहरका कारण एकतर्फ देशभर नै लकडाउन भएको अवस्था छ भने अर्को तर्फ मानिसहरुको जनजीवनमा त्यस्को प्रतिकुल असर पनि परेको छ ।केही समययता लकडाउन केही खुकुलो भएता पनि जनजीवन अझै पनि सामान्य अवस्थामा आउने निश्चितता नभएका कारण रोगले भन्दा भोकले सताउने स्थिती सबैमा परेको छ ।

यस्तै तीजको अवसर नजिकिदै जांदा नेपाली मनोरञ्जन क्षेत्रका कलाकारहरुले पनि लकडाउनको नियमको पालना गर्दै तीजको गीतहरु शुटिङ गरेर सार्वजनिक गर्ने होड्बाजी सुरु भएको छ । यही क्रममा ब्याटल गायिका भनेर नेपालमा चर्चित बनेकी प्रिती आलेको ‘फरिया लरि लै बरी लै’बोलको केही फरक धारको तीजको गीत हालै सार्वजनिक भएको छ । गीतमा एक नारायण भण्डारीको शब्द संगीत रहेको छ भने योगेस काजिको एरेन्ज रहेको छ ।

भिडियोलाई चर्चित सिनेम्याटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाईले निर्देशन तथा छाँयाकन गरेका छन । अमृत चापागाईको सम्पादन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ । भिडियोमा गायिका स्वयमकै अभिनय रहेको छ भने उनको हट अवतार पनि देख्न पाईन्छ । भिडियोमा उनलाई अनिता तमाङ, निरु मगर, निमा लामा इमा लामाले साथ दिएकी छिन भने मेकअप माही सिंहल्प रहेको छ ।भिडियोलाई एक नारायण भण्डारीको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो सहित:-


प्रतिक्रिया दिनुहोस