मन्थली नगरपालिकाद्धारा विद्युतिय आरन वितरण



रामेछाप ।रामेछापको मन्थली नगरपालिकाले दलितहरुको परम्परागत पेशालाई उत्थान तथा थप टेवा पुर्याउने उद्देश्यले विद्युतिय आरन वितरण गरेको छ ।नगरपालिकाको वडा नं ९ पुरानागाउँमा व्यवसायीक रुपमा आरण संचालन गरिरहेका १३ जना दलितलाई शुक्रबार विद्युतिय आरन वितरण गरेको हो । आरन वितरण गर्दे मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले परम्परागत आरनलाई आधुनिकीकरण गरी संचालकलाई थप व्यवसायीक बनाउँन टेवा पुर्याउने उद्देश्यले विद्युतिय आरन वितरण गरिएको बताए । परम्परागत धारबाट आरन संचालन गरिरहेका पुरानागाउँका १३ जना दलितहरुलाई नगर प्रमुख बस्नेत सहित उपप्रमुख माया कुमारी कार्की , प्रमुख प्रशासकिय अधिकृत दिपक कोइराला लगाएतले विद्युतिय आरन वितरण गरेका थिए । नगरपालिकाले आफुहरुको पेशालाई सम्मान गरी थप प्रवद्र्धन गर्न विद्युतिय आरन दिएको भन्दै आरण संचालकहरु खुसी भएका छन् ।


प्रतिक्रिया दिनुहोस