काेरियामा न्युनतम तलब २५ प्रतिशतले वृद्धि गर्न मजदुर संगठनको माग



काेरिया।(काेभिड-१९)काेराेना संक्रमणका कारण खस्किदाे अर्थतन्त्र , व्यापार , व्यावसाय प्रभावित भईरहेकाे बेला दक्षिण काेरियामा कर्मचारी मजदुरले पाउने न्युनतम पारिश्रमिककाे बिषयमा बहस सुरु भएको छ । दक्षिण काेरियामा रहेको मजदुर संगठनले सन.२०२१ मा कर्मचारी मजदुरको न्युनतम पारिश्रमिक बढाउन माग गरेपछि उक्त विषयमा चाैतर्फि बहस सुरु भएको हाे ।मजदुर संगठन दक्षिण काेरियाले कर्मचारी मजदुरकाे तलब २५ प्रतिशतले वृद्धि गर्न माग गरेको छ।

यता काेराेना संक्रमणले अर्थतन्त्र , व्यावसाय कम्जोर बन्दै गएकाे कारण व्यापार ,व्यावसायिकहरुले न्युनतम पारिश्रमिक बृद्धि गर्न नसकिने बतउँदै आएका छन।

न्युनतम पारिश्रमिक बृद्धिकाे चर्चा चुलिदै गएपछि श्रम तथा राेजगार मन्त्रालयमा व्यावसायि,मजदुर सहित २७ सदस्यीय प्रतिनिधि मण्डलको वार्ता समेत बसेकाे थियो ।सन २०२० मा २ पटक राेकिएकाे न्युनतम तलब सम्बन्धि वार्ता यस पटक भने अगाडि बढेको छ । वार्तामा मजदुर संगठनका प्रतिनिधिहरुले मजदुरको न्युनतम पारिश्रमिक १०,७७० वन प्रति घण्टा हुनुपर्ने बताएको छन भने व्यापारिक संगठन प्रतिनिधिहरुले भने अधिकतम् १०,००० वान प्रति घण्टा सम्म दिन सक्ने बताएका छन।

उनिहरुले १० हजार वान प्रति घण्टा तलब दिन साना कम्पनीहरुलाई झनै समस्या हुने भएको कारण १०,७७० वान प्रति घण्टा तलब माग अस्वाभाविक भएको बताएका छन।वार्ता पश्चात् आ-आफ्नाे धारण सहितको प्रतिवेदन व्यापारीक संगठन तथा मजदुर संगठनले एक अर्कालाई बुझाएका छन।

विस्तृत छलफल पश्चात् उक्त विषयलाई टुंगोमा पुर्याईदिने बताउदै बैठक सकिएको उनिहरुले बताएका छन।दुबै तर्फकाे निर्णयकाे आधारमा श्रम तथा राेजगार मन्त्रालयले आगामी अगष्ट ५ सम्म न्युनतम तलब सम्बन्धि नयाँ व्यवस्था लागू गर्ने छन।


प्रतिक्रिया दिनुहोस