युएईमा आजबाट भिसा नवीकरण खुला, हजारौँ कामदार लाभान्वित



युएई ।संयुक्त अरब इमिरेट्स (युएई)ले कोरोना भाइरस संक्रमणका कारण रोकिएको भिसा नवीकरण प्रक्रिया खुला गरेको छ । युएई सरकारले आजबाट लागू हुने गरी आवासीय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नवीकरण फुकुवा गरेको हो ।

भिसा र वर्क परमिटको समय सकिएका कामदारहरूले आगामी सेप्टेम्बरसम्म भिसा नवीकरण गर्न पाउने युएई सरकारले जानकारी दिएको छ । यो निर्णयबाट युएईमा भिसा अवधि सकेर बसेका नेपाली लगायत हजारौँ कामदार लाभान्वित हुने भएका छन् । गतका दिनमा भन्दा कोरोना संक्रमितको संख्या घटेपछि सरकारले यो निर्णय गरेको बताइएको छ ।

भिसा नवीकरण गर्न नपाएपछि लाखौँ स्वदेशी र विदेशी कामदारहरू मारमा परेका थिए । भिसाको म्याद गुज्रेपछि विदेशी कामदारहरू स्वदेश फर्केका थिए भने कतिपय स्वदेश फर्कने पर्खाइमा छन् ।

सरकारको यो निर्णय सँगै अव भिसा र वर्क परमिटका लागि म्याद गुज्रेका कामदारहरूले आगामी सेप्टेम्बर सम्म भिसा नवीकरण गर्न पाउनेछन्


प्रतिक्रिया दिनुहोस