विश्वमै सबैभन्दा पहिला कोरोनाविरुद्धको ‘भ्याक्सीन’ बनाउने रुस पहिलो देश, सबै परीक्षण सफल



फाईल फाेटाे

एजेन्सी। रुसको सेचेनोभ यूनिभर्सिटीले आईतवार विश्वमै पहिलोपटक कोरोना भाइरस विरुद्धको भ्याक्सीनको परीक्षणमा आफू सफल भएको दाबी गरेको छ ।ट्रान्सनेशनल मेडिसिन एण्ड बायोटेक्नोलोजी भुतिम तारासोभ संस्थानका निर्देशकका अनुसार जो मानिसमा यो भ्याक्सीनको प्रयोग गरिएको छ, उनीहरुमध्येको पहिलो समुहलाई १५ जुलाई तथा दोश्रो समुहलाई २० जुलाईसम्ममा अस्पतालबाट डिस्चार्ज गरिनेछ ।

उनले संसारकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सीनको सफलतापूर्वक परीक्षण गरिएका बताएका छन् । उनले भ्याक्सीन सुरक्षित भएको पुष्टि पनि भएको छ ।यो औषधि अब छिट्टै नै बजारमा पाइने कम्पनीले बताएको छ ।

लुकाशेवका अनुसार भ्याक्सीन विकास योजनामा शुरुदेखि नै यसको उत्पादनलाई लिएर रणनीति बनाइएको छ । यसमा भाइरसको साथै महामारी विज्ञानको स्थिती र ठूलो स्तरमा उत्पादन गर्ने सम्भावना रहेको उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

तारासोभका अनुसार महामारीको संक्रमणबाट विश्वलाई बचाउनका लागि विश्वविद्यालयले एक शैक्षिक संस्थान मात्र नभएर एक वैज्ञानिक र टेक्निकको अनुसन्धानको रुपमा काम गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस