कोरियामा श्रमिकको तलब १.५ प्रतिशतले बढ्यो, मासिक १८ लाख वोन भन्दा बढी हुने



काेरिया । दक्षिण कोरियामा श्रमिकको न्युनतम ज्याला बृद्वी भएको छ । ज्याला निर्धारण कमिटिको मंगलबार बसेको बैठकले प्रतिघन्टा १ सय ३० वन अर्थात १.५ प्रतिशतले ज्याला बृद्वी गर्ने निर्णय गरेको हो।यस अनुसार अबको नयाँ ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० वोन हुने भएको छ ।

सन् २०२१ जनवारी १ देखि लागू हुनेगरी उक्त नियामानुसार प्रतिदिन ८ घण्टा काम गर्ने श्रमिकले मासिक १८ लाख २२ हजार ४ सय ८० वन (करिब १ लाख ८० हजार नेपाली रुपैया ) ज्याला पाउने छन् । जसको लागी काम गरेको समय मासिक २०९ घण्टा पुग्नु पर्ने छ ।सन् २०२१ को लागी न्युनतम ज्याला बृद्वी सन् २०२० को भन्दा कम हो । सन् २०२० लागी २.९ प्रतिशत बृद्वी भएको थियो ।


प्रतिक्रिया दिनुहोस