दक्षिण काेरियामा पहिलोपटक काेराेना विरुद्धको खाेप मानिसमा परिक्षण गरिदै



फाइल:-फाटाे

काेरिया।दक्षिण काेरियाकाे सेल्ट्रियल नामक कम्पनीले काेराेना संक्रमण सँग जुध्न तयार गरेकाे खाेपलाई मानिसमा परिक्षण गर्न अनुमती दिएकाे छ।दक्षिण कनेरियाकै पहिलो एण्डिबडी अाैषधि मानिसमा परिक्षण गरिदै छ।

विश्वभर महामारीका रुपमा फैलिरहेएकाे काेराेना महामारीले ५ लाख ८० हजार मानिसको ज्यान लिइसकेको छ भने १ कराेड ४० लाख मानिस प्रभावित बनेका छन।यस महामारीलाई नियन्त्रण गर्न विश्वभरका वैज्ञानिकहरु अाैषधि तथा खाेप निर्माणमा जुटिरहेका छन।

दक्षिण काेरियामा खाेप निर्माण गर्दै आएकाे सेल्ट्रियल कम्पनीका अनुसार यसले भाइरसलाई कम्जोर बनाई मानिसकाे शरीरमा भएका काेषहरुमा प्रवेश गर्न दिदैन।जनवारमा परिक्षण गरिसकिएको उक्त अाैषधि अस्पतालकाे सहयोगमा ३२ जना स्वस्थ मानिसहरुमा प्रयोग गरिने छ।

सन् २०२० भित्रै सम्पूर्ण परिक्षण समाप्त गरि उक्त अाैषधिलाई सन् २०२१ काे सुरुवातबाट बजारमा पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ।समचार संस्था राेयटर्स संग कुराकानी गर्दै कम्पनीका सिईअाे कि वु सुङले व्यापक मानव परिक्षण पश्चात उक्त अाैषधि काेरियामा बिक्री गरिने तथा काेरियाकाे बजार व्यवस्थापन पछि अन्तर्राष्ट्रिय बजारमा उक्त अाैषधि पठाइने छ।

उनले अाैषधिकाे मुल्य सर्वसाधारण जनताले किन्न सक्ने बनाउन पर्नेमा समेत जाेड दिएका छन।विकसित मुलुकमा रेमिडिसिभिर नामक आैषधि २३४० अमेरिकी डलरमा विक्रि भएकाे जनाउदै उक्त मुल्य सर्वसाधारण जनताकाे पहुँच बाहिर भएका कारण सहज मुल्य राख्नु पर्नेमा समेत जाेड दिएका छन।


प्रतिक्रिया दिनुहोस