कोरियामा अत्यधिक बर्षाकाे कारण २८९ घर डुबान, ५ जनाको मृत्यु



काेरिया।दक्षिण कोरियामा बिहिबार देखि परेको अविरल बर्षाका कारण बुसान ,उल्सान लगाएतका स्थानहरु डुबानमा परेका छन् । कोरिया केन्द्रीय दैबी प्रकोप ब्याबस्थापकका अनुसार बर्षा संगै आएको बाडीका कारण ५ जनाको मृत्यु भएको छ ।कोरियाको बुसान क्षेत्रमा ३ जाना कार भित्रै मृत भेटिएका थिए भने एक जना उल्सान र अर्काे एकजना खिम्पोमा मृत भेटिएका छन । उनीहरुलाई बाडीले बगाएको हुनसक्ने अनुमान गरिएको छ । बर्षासंगै आएको अत्यधिक हावाहुरीका कारण ४ जना घाइते भएको दैबी प्रकोप विभागले जनाएको छ ।

शुक्रवार दिँउसो सम्म २८९ घरहरु डुबान भएका छ भने घरभित्रै थुनिएका ५१ जनाको उद्वार गरिएको छ । डुबान हुनेमा सबैभन्दा धेरै १६२ घर बुसान क्षेत्रका छन् भने उल्सान , इन्छन ,उत्तरी ख्यांङ्सान ,ख्याङ्गिदो आदि स्थानमा पनि केहि घरहरु जलमग्न भएको बताइएको छ । कोरियाको बुसानमा ८१ मिलिलिटर प्रतिघन्टाको दरले पानी परेको बताइएको छ। कोरियाकाे मौसम विभागका अनुसार उक्त बर्षा सन् १९२० यताकै सबैभन्दा ठुलो हो ।बर्षाका कारण जमिन मुनिका बाटोमा पानी जमेको छ भने राजमार्गहरु जलमग्न भएका छन् ।

राजधानी सियोलमा पनि अत्यधिक बर्षाका कारण केहि समयलाइ राजमार्गहरु बन्द गरिएका थिए ।आगामी शनिवार सम्म उच्च बर्षा संगै हावाहुरीको सम्भावना रहेकोले सतर्क रहन मौसम विभागले सबैमा अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस