बैतेश्वर गाउँपालिकाद्वारा संचालित बैतेश्वर अस्पतालमा आँखा तथा दन्त रोगको उपचार हुने



जिल्लाको बैतेश्वर गाउँपालिकाद्वारा संचालित  बैतेश्वर अस्पतालले अब दात तथा आँखा रोगको उपचार सेवा विस्तार गर्ने भएको छ।गाउँपालिका भित्र दन्त तथा आखा रोगको उपचार गर्ने अन्य व्यवस्थित अस्पताल नभएकाले अस्पतालले भदौ पहिलो साता देखी थप दुई सेवा आँखा र दातको उपचार विस्तार गर्न लागेको बैतेश्वर अस्पतालका व्यवस्थापक देवराज खत्रीले जानकारी दिए।भरखरै बसेको अस्पताल व्यवस्थापन  समितिको निर्णयले भदौ पहिलो साता देखी दन्त तथा आँखा रोगको उपचार गर्न आँखा तथा दन्त रोग विशेषज्ञ स्वास्थ्यकर्मी करारमा  राखेर अस्पतालले सेवा विस्तार गर्ने तयारी गरेको हो।गाउँपालिकाले संचालन गरेको उक्त अस्पतालमा बिरामीको भिड लाग्ने गरेको छ।संघिय सरकारको अघिल्लो आर्थिक वर्षको निति तथा कार्यक्रममा १५ शैयाको अस्पताल स्तरोन्नति गर्ने नीति अनुरुप बागमती प्रदेशका २० स्वास्थ्य चौकीहरु सूचीकृत भए पनि अस्पताल सञ्चालन गर्ने बैतेश्वर गाउँपालिका पहिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम फुयालले बताए।२०७६ फागुन १६ गतेको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट १५ बेडको बैतेश्वर अस्पताललाई मान्यता प्राप्त भएको अस्पताल ब्यवस्थापक खत्रीले जानकारी दिए ।अस्पतालको मान्यता पाए पछि थप पूर्वाधारका लागि २० लाख विनियोजन गरी स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीहरुको ब्यवस्थापन सहित दुई महिनादेखि अस्पताल पूर्ण रुपमा संचालनमा ल्याइएको ब्यवस्थापक खत्रीको जानकारी दिए ।अस्पतालमा एमबीवीएस डाक्टर सहित २३ जना कार्यरत रहेका व्यवस्थापक खत्रीले जनाए । आगामी आर्थिक बर्षको सुरुमै १५ बेडको मापदण्डअनुसार ३ रोपनी जग्गा थप गरी ९ रोपनी पुर्याइने ब्यवस्थापक खत्रीले बताए ।आस्पतालमा १५ बेड क्षमताको क्षमतासहित भिडियो एक्सरे, ईसीजी, प्याथोलोजी ल्याब, एक्सरे, सामान्य शल्यक्रिया सेवा उपलब्ध गराईने बताईएको छ ।फार्मेसी बाहेकका सेवामा स्थानीयहरुलाई न्यून शुल्कमा स्तरीय सेवा उपलब्ध गराई रहेको अस्पताल व्यवस्थापक खत्रीको भनाई छ। सेवाग्राहीले सुलभ ढंगले उपचार पाउन सक्नें ब्यवस्था गरोस् भन्ने उद्देश्यले स्थानीयहरुलाई उपचार गर्न टाढा जानुको विकल्पको रुपमो सरकारी नीतिअनुरुप गाउँपालिकाले अस्पताल संचालनमा ल्याएको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए।अध्यक्ष लामाका अनुसार गाउँपालिकाले संचालित अस्पतालमा चाडै दात तथा आँखा रोगविशेषज्ञ कर्मचारी करारमा राखेर थप दुई सेवा बिस्तार गर्न लागिएको जानकारी दिए।  बैतेश्वर अस्पतालले अहिले ७२ किसिमका रोगको औषधि बिना शुल्क बिरामीलाई  दिनेगरेको छ।


प्रतिक्रिया दिनुहोस