भीरबाट खसेको ढुंगाले लागेर लादुकमा एक महिलाको मृत्यु



दोलखाको विगु गाउँपालिका–४, लादुकको सिंगटीमा करिब पाँचसय मिटर माथिको भीरबाट खसेको ढुंगाले लागेर घरभित्रै काम गरिरहेकी एक महिलाको मृत्यु भएको छ ।मंगलबार बिहान करिब साढे ८ बजे करिब पाँचसय मिटर माथिको भीरबाट खसेको ढुंगले लागेर घाइते भएकी विकास थामीकी घरमै काम गरिरहेकी करिब ३५ बर्षिय श्रीमती रेणु थामीलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।ढुंगाले लाग्दा घरको जस्तापाता र ढुंगाको गाह्रो ढलेर सोही गाह्रोले च्यापिएर घाइते भएकी थामीको प्राथमिक अस्पताल चरिकोट ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरीक्ष रेशम बोहराले जानकारी दिए ।मृतक थामीको टाउको पछाडी र दाहिने घुँडामुनि चोट लागेको निरीक्षक बोहराले जानकारी दिए । मृतक थामीको शब प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस