बिसन्टोलमा रित्तियो नेकपा ,३ दर्जनयुवाहरु नेकपा छोडेर कांग्रेस प्रवेश



 

दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित बिसन्टोलमा नेपाल कम्युनिष्ट पार्टीनै रित्तिने गरि ठुलो संख्यामा युवाहरु नेकपा छोडेर कांग्रेस प्रवेश गरेका छन् ।
भीमेश्वर ५ का वडाअध्यक्ष सहित स्थानीय जनप्रतिनिधिहरुको मनोपरि हद भन्दा माथि भएको भन्दै युवाहरु कांग्रेस प्रवेश गरेको जनाएका छन् । सोमबार चरिकोटस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित एक भब्य समारोहमा बिसन्टोलका मात्रै ३ दर्जन युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् । दोलखा कांग्रेसका सभापती रुद्र बहादुर खड्का सहितका जिल्ला नेताहरु उद्धब काफ्ले, ईश्वर मानन्धर लगाएतका नेताहरुले युवाहरुलाई पार्टी प्रबेश गराएका हुन् । प्रबेश गर्ने युवाहरुमा सन्जय बस्नेत , मोहन कार्की , अरुण कुमार कार्की , बिजय बस्नेत , कमल बस्नेत , रुसन बस्नेत ,मनोज बस्नेत , प्रजव्ल बस्नेत , प्रदिप बस्नेत , सपन बस्नेत , शरण बस्नेत , निरज बस्नेत , रमेश बस्नेत , दिपेन्द्र बस्नेत , बिशाल बस्नेत , निरज श्रेष्ठ, प्रकाश श्रेष्ठ , बिपिन थापा , राजेश श्रेष्ठ प्रकाश कुवर , अजय बस्नेत , जिवन बस्नेत , सुनिल श्रेष्ठ सन्तोष बस्नेत कान्छी श्रेष्ठ लगाएत छन् । नेपाली कांग्रेसका नेता एवं भीनपा ५ का वडाअध्यक्ष उम्मेद्धार नारायण ठकुरीले बर्तमान वडा समितिले गरेको मनोपरि विरुद्ध कांग्रेस शसक्त भएर प्रतिपात गर्दै जनताको हितमा काम गर्न निरन्तर खबरदारी गर्ने भन्दै नवप्रबेशीलाई स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस