एउटै संस्थाद्वारा सञ्चालित दुई अस्पताल,अछाममा कर्मचारी पुर्नबहाली दोलखामा के होला



फाइल फाेटाे

दाेलखा।एउटै संस्थाद्वारा सञ्चालित दुई अस्पतालमा एउटा जिल्लामा कर्मचारी पुर्नबहाली हुदा अर्को जिल्लामा के होला भन्ने चर्चा चल्न थालेको छ।

न्याय हेल्थ नेपाल नामक संस्थाले दोलखा र अछाममा संचालनमा ल्याएको दुई अस्पताल मध्ये अछामको बयालपाटा अस्पतालले हटाइएका कर्मचारीलाई पुर्नबहाली गर्ने भएपछि दोलखाको प्रस्तावित चरिकोट अस्पतालमा चाहिँ के होला भन्ने चर्चा चल्न थालेको हो। संस्थाले दोलखाका ३७ जना र अछामका ३४ जना कर्मचारीलाई यही साउन १७ गते देखि करार सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो। सोही निर्णय गरेपछि दुबै जिल्लाका कर्मचारिहरु चरणबद्द आन्दोलनमा उत्रिएका थिए। अछाममा जागिरबाट निकालिएका सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले जेठ २६ गते अस्पतालको परिसरमै आत्मदाह गरेका थिए । उनको उपचारको क्रममा नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । आउजीको मृत्यु र कर्मचारिको आन्दोलन पछि संस्थाले कर्मचारी कटौतीको निर्णय स्थगित गरेको थियो। स्थगित गरेको केही दिन पछि संस्थाले सो निर्णय कार्यन्वयन गर्ने भएको थियो। आर्थिक अभावका कारण सबैलाई पुर्नबहाली गर्न नसकिने भएपछि अछामको बयलपाटा अस्पतालले स्थानीयलाई मात्र पुर्नबहाली गर्ने भएको छ। अछामको अस्पतालका लागि नगरपालिकाले ७० लाख, सुदूरपश्चिम प्रदेश सरकारले ७ करोड र साँफेबगर नगरपालिकाले ७० लाख रकम बिनियोजन गरेको छन । बाजुरा र डोटीका केही स्थानीय तहले समेत बजेट बिनियोजन गरेका छन् ।

एउटै संस्थाले संचालन गरेका अस्पतालमा अछामले कर्मचारी पुनर्बहाली गरिसक्दा दोलखाले भने कर्मचारी पुनर्बहाली लागि कुनै ठोस कदम नचाल्नुले हटाइएका कर्मचारी प्रती संबंधित निकाय गैरजिम्मेवार बनेको अन्दोलनकारिका संयोजक सन्तोष पोखरेल बताउनु भयो। आर्थिक अभाव संस्थाको समस्या रहेको बताउदै पोखरेलले स्थानीय कर्मचारीलाई तत्काल पुनर्बहाली नगरे कडा आन्दोलन गर्ने पोखरेलले चेतावनी दिए।

आर्थिक अभाव भन्दै कर्मचारी निकालिएपछि चरिकोट अस्पताल विवादमा तानिएको थियो ।


प्रतिक्रिया दिनुहोस