पुनर्निर्माण प्राधिकरण दोलखामा पुनरावेदन दिने भुकम्प पीडितको भिड



 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखामा गैरलाभग्राही सुचीमा नाम प्रकाश भइ आएका हरुको भिड लाग्न थालेको छ।चौथो पटकको गुनासोमा समेत गैरलाभग्राहीमा नाम आएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला शाखा दोलखामा पुनरावेदन दिने भुकम्प पीडितको भिड हुने गरेको छ।पुनर्निर्माण प्राधिकरण चरिकोटको तथ्यांक अनुसार ४ दिनको अवधीमा ९ सय जनाले पुनरावेदन दिएका छन्।पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनजाँच गर्न ३५ दिनको सूचना जारी गरेको हुँदा जिल्लाका ९ स्थानीय तहका ९ सय जनाले प्राधिकरणमा पुनरावेदन दर्ता गराएका हुन्।२ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखा जिल्लामा ७१ सय ५५ जना गैरलाभग्राही सुचिमा परेका छन्।जसमध्ये हालसम्म ९ सय जनाले पुनरावेदन समितिमा पुनरावेदन पाउ भनी पुनरावेदन दिएका हुन्।दोलखामा ५ वर्षको अवधिमा ५९ हजार घर पुनर्निमाण सम्पन्न भएको छ । भुकम्प गएको पाँच बर्ष दुइ महिना पुरा हुँदा जिल्लामा ५९ हजार घर पुनर्निमाण सम्पन्न भएको हो । पुननिर्माण सकिएका मध्ये ५९ हजार चार सय ४४ परिवारले अन्तिम किस्ता बापतको रकम प्राप्त गरिसकेको राष्ट्रिय पननिर्माण प्राधिकरण दोलखाका निमित्त प्रमुख अश्विन पोखरेलले जानकारी दिए । निर्माण सुरु गरेका ६३ हजार एक सय ७२ परिवारले दोस्रो किस्ताबापतको रकम पाइसकेका छन । ७३ हजार तिन सय ४२ परिवार लाभग्राहिको सुचिमा रहेका छन । त्यसमध्ये अनुदान सम्झौता गरेर पहिलो किस्ता लगिसक्ने परिवारको सङ्ख्या ६८ हजार छ सय ९७ रहेको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार जिल्लाको बैत्यश्वर र बिगु गाँउपालिकामा केहि घरहरु दाताको सहयोगमा पुननिर्माणको काम सकिएको छ । कार्यालयका निमित्त प्रमुख पोखरेलले लक डाउनका कारण सुरुमा रफ्तारमा काम अगाडि बढाउन नसकिए पनि अहिले काम लाइ निरन्तर अगाडि बढाइरहेको बताए । राज्यले तोकेकै समयमा दोलखाको पुननिर्माण सक्ने योजना रहेको उनले बताए । पुननिर्माण सम्पन्न गर्ने ३० हजार परिवारले सम्पन्न प्रमाणपत्र समेत पाइसकेको


प्रतिक्रिया दिनुहोस