कोरियामा अश्लिल भिडियो भाइरल बनाउने नेपाली युवक पक्राउ



काेरिया।दक्षिण कोरियामा कोरिया काण्ड भन्दै अश्लिल भिडियो भाइरल बनाउने एक नेपाली युवक पक्राउ परेका छन् । नेपालको झापा घर भएका ति युवकले केहि दीन पहिला कोरियामा रहेका दुइ युवातिहरु बिचको फोन संवादलाई जोडेर अश्लिल भिडियो बनाएको पुष्टि भएपछी उनि पक्राउ परेका हुन ।उनले ३ फरक फरक अश्लिल दृश्यलाइ सम्पादन गरि यौटै बानाएको पुष्टि भएको छ । उक्त भिडियोमा कोरिया भित्रै रहेका दुइ युवती फोनमा गफ गरिरहेको स्पस्ट सुन्न सकिन्छ ।उनलाई साइबर अपराध अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सामाजिक संजालमा एकाएक आफुहरु बोलिरहेको आवाज सहित अश्लिल भिडियो भाइरल भएपछी ति युवतीले आफ्नो चरित्र हत्या गरिएको भन्दै आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएकी थिइन ।साथमा उक्त भिडियोमा जोडिएको फोन संवाद रेकर्ड गर्ने युवती समेत पक्राउ परेकी भएतापनि उनलाई भने ११ लाख कोरियन वन जरीवान तिराएर छाडिएको छ । ति युवकलाई भने कानुन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । हाल ति युवक प्रहरी हिरासतमा छन् ।


प्रतिक्रिया दिनुहोस