कैलाश टेकेर आएं केशवराज चौलागाईं



कसरी भनौं मैले कैलाश देखेर आएं !!!
कैलाश बाशी त कहाँ , कहाँ लुक्नु भो कुन्नि
उनका जटामा गंगा स्नान गरेर आएं
सौभाग्य रैछ मेरो ,पाईला टेकेर आएं।
गार्है छ पत्याउन यो जगतमा
अाफैंले नदेखि स्वर्ग, अांखैले
नदेखि नर्ग ठेगाना जुन छ उनको भन्थे
महर्षिहरु स्वरुप छ
यस्तो भन्थे पुराण शाश्त्रहरु उनकै जटामा
गंगाको च्यादर उडेको देखें
कसरी भनु मैले कैलाश टेकेर आएं!!!
शौभाग्य रै छ मेरो पाईला टेकेर आएं ।
हीउंले शान्त पार्न नसकेका
शहश्र शिवलिङ्ग तनक्क तन्किएका
कहाली लाग्दा खरानी घसेजस्ता टुप्पा टुप्पामा
दुधका धारा झरेको देखे।
स्पर्श पनि गरें,निले घुटुक्क केही अमृतका
वुटीहरु फुल्दै गरेको देखें
कसरी भनुं मैले कैलाश देखेर आएं!!!!
शौभाग्य रै छ मेरो,पाईला टेकेर अाएं।
धारीला चुच्चा चुच्चा त्रिशुलका टुप्पाहरु।
खै कस्तो बज्थ्यो कुन्नी डमरुका गोटीहरु।
मगमग बनफुलको बास्ना थोरै सुघेंर आएं
संधैलाई खुल्ला छैन सबैलाई खुल्ला छैन कैलाशका ती ढोका
भाग्यलेई,साईत जुराई कैलाश पसेर आएं
कसरी भनुं मैले कैलाश पसेर पाएंं
उनकै दया बमोजिम एक क्षण बसेर आएं ।
कसरी भनुं मैले कैलाश देखेरआएं !!!!
शौभाग्य रै छ मेरो पाईला टेकेर आएं।
कमाई रैछ र केही पुर्व जनम् जनम्को
उनैले ताने ,अाउंन सक्दिन भन्दाभन्दै।
सुंघेर गन्ध जटाको अांतिदै ,मात्तिदै
लरवराउंदै पुंगे समिपमा उनको कुर्न सकेत
उनको हुन्थ्यो होला
दर्शन उनका दयाका अांशु छांगा बनेका देखें ए हजुर!!
पत्याउनु अाफ्नो कुरा!
करुणाका ढिका अांशुका पोखरी देखेर आएं
जटामा निर्मल निर्मल पोखी देखेर आएं
वास्तवमा जटा पोखरी दर्शन गरेर आएं
कसरी भनुं मैले कैलाश देखेरआएं !!!???
,कैलाश टेकेर आएं
केशवराज चौलागाईं नेपाली कांग्रेस दोलखा नेता हुन।

प्रतिक्रिया दिनुहोस