गोंगबु गणेशस्थानमा सुटकेशमा शव भेटियो



काठमाडौं – गोंगवु गणेशस्थानमा हत्या गरेको शव सुटकेशमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

शव फेला परेको स्थाभन्दा दुई सय मिटर पर टाउको भेटिएको छ । ‘टाउको जेब्रा झोलामा फेला परेको छ’ डिएसपी केसीले भने ।टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस