पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ३३८ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने धनुषा र काभ्रेको मृत्यु अपेडट हुन बाँकी भएकाले ७९ मात्र देखिएको छ यस्तै ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५/१५ जना, धनुषाका १३ र कपिलपस्तुका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कैलाली र सल्यानका ७/७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४/४ जना, महोत्तरी, बारा र गोरखाका ३/३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २/२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कुल कोरोना संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । उनीहरुमध्ये ८० जनाको मृत्यु भएको छ भने १६ हजार ४९३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र १४० जना डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया दिनुहोस