पहिरोले क्षति गरेको खारेखोला झोलुङ्गे पुल मर्मत गर्न नेपाली कांग्रेस दोलखाको आर्थिक सहयोग



गत २२ गतेको बाढिपरोले क्षति गरेको गौरीशंकर गाउँपालिका खारे -चंखु जोड्ने खारेखोला झोलुङ्गे पुल मर्मत गर्न नेपाली कांग्रेस दोलखाले आर्थिक सहयोग गरेको छ।बाढिपहिरो लागेर ओहोरदोहोर गर्न नसकिएको स्थानीयको गुनासोलाई मनन गर्दै नेपाली कांग्रेस दोलखा पाटी सभापति रुद्र बहादुर खड्का र गौरीशंकर गाउँपालिका पाटी सभापति श्यामसुन्दर तामाङले पहिरोले क्षति गरेको पुल मर्मत १० हजार सहयोग गरेका हुन। काँग्रेसले गौरीशंकरका दुई गाउँ जोड्ने गाउँपालिका–६ र ८ जोड्ने खारे खोला पुल मर्मतको लागि नगद रु. १० हजार आर्थिक सहयोग गरेको गाउँपालिका सभापति श्यामसुन्दर तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस