कोरियामा मृगौला पीडित नेपाली चेलीको याचना, अस्पतालबाटै आर्थिक सहयोगकाे लागि अपिल



तस्बिर :-मृगौला पीडित यम कुमारी थापामगर हुँन।

काेरिया।ईपिएस मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएकी नेपाली चेलीद्वारा उनको हृदय बिधारक पीडा,याचना सहित अस्पतालकाे साैयाँबाटै जिवन बचाईदिन आर्थिक सहयाेगका लागि अपिल गरेकी छिन।विगत लामो समयदेखी मृगौलाको समस्या भोग्दै आएकी उनी अहिले दुवै मृगौला फेल भएर हाल फाजुको ईल्सान अस्पतालमा जिवनमरणको दोषाधमा मृत्युसंग संङ्घर्ष गरेकी छिन।

सिन्धुली जिल्ला घरभई हाल दक्षिण काेरियाकाे फाजुमा कृषि क्षेत्रमा कार्यरत नेपाली चेली यमकुमारी थापा मगर विगत २/३ वर्ष देखि मृगौलाकाे समस्या भइ उपचार गराउदै आइराखेकी थिइन ।यही अगस्ट २४ तारिख अचानक दुवै मिर्गौलाले काम गर्न छोडेर सिकिस्त भई इल्सान हस्पिटलमा भर्ना भएकी छन।कृषिमा कार्यरत भएकाे र उनले बिगतका दिनहरुमा कमाई गरेकाे रकम पनि खासै नभएकाे कमाएकाे रकम पनि उपचारमा नै खर्च गर्दै आइरहेकाले उनी अहिले आर्थिक समस्यामा परेकि छिन।

उक्त अस्पतालका डाक्टरको सल्लाह अनुसार तुरुन्तै सल्यक्रिया गरी जिबन भर डायलिसिस गर्नु पर्ने,अन्यथा बचाउन नसकिने भनाइ आएको हुँदा र उपचार खर्च महँगो हुने भएकाले काेरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहयोगकाे लागि उनले अनुरोध गरेकी छन।सहयोगको लागी उनको आफ्नै बैङ्क खातमा सहयोग गर्न सकिने भएकोले मानवताकै नाताले भएपनी प्रवासी विपत्तिलाई हामी एक ढिक्का भएर सहयोगी हातहरु अघि बढाऊँ।                                                 #मृगौला#पीडित#सहयोगकाे#अपिल 

सहयोगको लागी :
बैंक : NH 농협
खाता नम्बर : 302-1086-7890-41
खातावालाको नाम : THAPA MAGAR YAM KUMARI


प्रतिक्रिया दिनुहोस