कोरियामा पहिलाे पटक नेपाली सहित १८ जनामा देखियो कोरोना संक्रमण



फाेटाे:-फाईल

कोरिया।दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यहाँको हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत दुई नेपालीसहित १८ सङ्क्रमित पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

उक्त कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षण गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँग सम्पर्क भएको ठानिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

 

#covid19#nepali woman infected in korea 


प्रतिक्रिया दिनुहोस