दोलखाका २ हजार २६ जनाको पिसिआर परिक्षण, ४३ जनामा कोरोना संक्रमण



चरिकोट।दोलखाका बुधबार थपिएका ६ जना सहित जिल्लामा हालसम्म ४३ जनालाई कोरोना संक्रमण देखिएको छ।त्यस मध्य जिल्ला सक्रिय संक्रमित ११ जना रहेको छ भने,निकोहुनेको संख्या ३२ पुगेको छ।बुधबार भेटिएका संक्रमित जिल्लाको भिमेश्वर नगरपालिका बाट पठाएको ८ जनाको स्वाबमध्य १ महिला र ३ पुरुष गरि ४ जनामा कोरोना देखिएको हो।त्यस्तै  जिल्लाको  विगु गाउँपालिका बाट पठाएको ४ जनाको स्वाब मध्य २ जना महिलामा संक्रमण देखिएको हो ।

भीमेश्वर नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट २९ गते ८ जनाको स्वाब संकलन गरी पठाईएकोमा ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए। भीमेश्वर नगरपालिकाका संक्रमित मध्ये दुई जना तारादल गणका सुरक्षाकर्मी र १ जना कालिञ्चोक गाउँपालिका भित्रकी एक बालिकामा संक्रमण देखिएको हो।त्यस्तै अर्का १,जना पुरुषमा पनि भिमेश्वर नगरपालिका बाट पठाएको नमुना परिक्षणमा संक्रमण देखिएको छ।त्यसैगरी २९ गते सोही दिन विगु गाउँपालिकाबाट पठाइएको ४ जनाको स्वाब मध्ये २ जना महिलाको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।

दोलखामा।सक्रिय संक्रमितमा ६ जना महिला र ५ पुरुष रहेका छन्।त्यस्तै बुधबार सम्म जिल्लाभर २ हजार २६ जनाको पिसिआर परिक्षण गरिएको छ। जिल्लाका पाँच स्थानीयतह शैलुङ गाउँपलाली,मेलुङ गाउँपालिका, तामाकोशि गाउँपालिका बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमण बाट सुरक्षित रहेका छन् भने,जिल्लाका ४ स्थानीयतह भिमेश्वर नगरपालिका,कालिञ्चोक  गाउँपालिका,गौरीशंकर गाउँपलिका र विगु गाउँपालिकामा संक्रमण भेटिएको छ।संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ।                                                          #दाेलखा#काेराेना#अपडेट


प्रतिक्रिया दिनुहोस