सवारी खुलेपछि दोलखामा बढ्यो चहलपहल



दाेलखा।कोरोना भाइरस रोकथामका लागी गरिएको लकडाउन र निषेधाज्ञाले लामो समय देखी सुनसान बनेको चरिकोट बजार सवारी खुले संगै चहलपहल बढेको हो।दोलखामा पछिल्लो पटक सदरमुकाम आसपासका स्थानीयतहमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा जिल्ला स्थित स्थानीय निकायले जिल्ला लाई निषेधाज्ञा गरेपछि पुन जिल्ला भित्र आशिंक खुलेका सार्वजनिक तथा निजि सवारी पुन साउन देखी बन्द गरिएको थियो।जिल्ला प्रशासन र जिल्ला संकट व्यवस्थापन समितिले गत साता भदौ २६ गतेदेखि निषेधाज्ञा खोलेर  बजार संगै जिल्ला भित्र सवारी खोल्ने निर्णय गरेको थियोे,त्यसपछि चलेका सवारीले सदरमुकाम चरिकोटमाप मानिस तथा सवारीले बजार क्षेत्रमा केहि चहलपहल बढेको हो।आइतबार र सोमबार सदरमुकाम चरिकोटमा मानिसको निकै बाक्लो ओहोरदोहोर देखिएको थियो।मंगलबार जिल्ला सदरमुकाम चरिकोट बाट सबै गाउँ बस चल्ने तयारी गरेपनि कति स्थानमा जाने बसले यात्रु नपाएको कारण लाइनमा मात्र बस्नु परेको केहि बसका चालकले बताएका छन्।सरकारले आधा यात्रु बोक्न निर्देशन दिए पनि दोलखामा केहि बसमले भने सिटभरी खचाखच यात्रु राखेको पाइएको छ। रोल्वालीङ यातायात सहकारी संघ दोलखाका अध्यक्ष बालकृष्ण आचार्यका अनुसार सबै ठाँउमा बस जान तयार रहेपनी यात्रु नभएकै कारण बस सदरमुकाम चरिकोटमै राख्नुपर्ने गुनासो बस चालकले दुखेसो गरेको उनले बताए।

कोरोनाको त्रासले गाडीमा ओहोरदोहोर गर्ने यात्रुको संख्या न्युन रहेको अरानिको भिमेश्वर यातायात प्राली चरिकोटले जनाएको छ।दोलखामा दुई महिनाको अवधिमा भिमेश्वर नगरपालिका,गौरीशंकर गाउँपालिका,विगु गाउँपालिका र कालिन्चोक गाउँपालिका ४३ जना कोरोना संक्रमित भेटिएपछि जिल्लाका सबै क्षेत्रमा सवारी पुग्न नसकेकै कारण यात्रु पाउन मुस्किल भएको यातायात व्यवसायीहरु बताउछन्। सवारी ओहोरदोहोर गर्न थालेपछि बजारका  होटलमा फाट्टफुट्ट व्यापार हुन थालेको चरिकोटका होटल व्यवसायी कुमार श्रेष्ठले जानकारी दिए।लामो समय देखी प्रभावित बनेको होटल क्षेत्रमापनि बिस्तारै चहलपहल बढ्न थालेको श्रेष्ठ बताए।                  #सवारी#मानिस#चहलपहल


प्रतिक्रिया दिनुहोस